दफा १०
प्रतीक्षा सूची प्रकाशन गर्नु पर्ने
(१) सञ्चार प्रतिष्ठानले भर्नाको लागि योग्यताक्रम
सिफारिस गर्दा पदको अनुपातमा पच्चीस प्रतिशतसम्म र कम्तीमा एक जनासम्म प्रतीक्षा
सूचीमा योग्यताक्रम अनुसार उम्मेदवारको नाम प्रकाशन गर्नु पर्नेछ ।
(२) योग्यताक्रममा परेका उम्मेदवारको क्रममा सिफारिस भएका उम्मेदवारले एक
महिनाभित्र नियुक्तिपत्र लिन नआएमा वा नियुक्तिपत्र लिई बिना सूचना कार्यालयमा
अनुपस्थित भएमा वा नियुक्तिपत्र लिई परीक्षणकाल भित्र सेवा छाडी गएमा व्यवस्थापकले
प्रतीक्षा सूचीमा रहेका योग्यताक्रम अनुसारका व्यक्तिलाई नियुक्ति दिनु पर्नेछ ।